क्रिकेटमा भारत र अफगान्स्तिान बराबरीमा

605
views

दुबई, १०, असोज । एसिया कप क्रिकेटमा भारत र अफगानिस्तानले रोमाञ्चक बराबरी खेलेका छन् । दुबईमा जारी प्रतियोगिताअन्तर्गत सुपर चारको खेलमा हिजो भारत र अफगानिस्तानले बराबरी खेलेका हुन् । खेलमा पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २५२ रन जोडेको थियो । उसका लागि मोहमद शेहजादले १२४ रनको शतकीय पारी खेल्दा मोहमद नाबीले ६४ रनको योगदान दिए ।

जवाफमा २५३ रनको लक्ष्य पछ्याएको भारतले खेलमा एक बल बाँकी छँदा अलआउट हुनुपूर्व २५२ रनमात्रै बनाउन सक्यो । मध्यम चुनौतीमा भारतलाई रोक्न अफगानिस्तानका रासिद खानले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गरेका थिए । भारतलाई जितका लागि अन्तिम दुई बलमा एक रन चाहिएको अवस्थामा रासिदले रविन्द्र जडेजालाई आउट गर्दै खेल बराबरी गरे ।

रासिदले २ विकेट लिँदा नाबी र अफ्ताब आलमले पनि २–२ विकेट हात पारे । यो बराबरीपछि अफगानिस्तानले एसिया कपको सुपर फोर चरणमा पहिलो अंक हात पारेको छ । सुपर फोरका सबै ३ खेल खेलिसक्दा ५ अंक जोडेको भारत फाइनलमा प्रवेश गरिसकेको छ । २–२ अंक जोडेको पाकिस्तान र बंगलादेशबीचको विजेताले अब फाइनलमा ठाउँ बनाउनेछ ।