हिन्दू धर्मान्तरणमा दोषी को ?

892
views

–यज्ञ बहादुर थापा 

एउटा संस्कारबाट अर्काे संस्कारमा प्रवेश हुनु धर्मान्तरण हो । धर्मान्तरण हुनुमा मुख्य दोषी को ? भन्ने विषयमा गहन अध्धयन, विश्लेषण र समिक्षा भएकै छैन भने मनोवैज्ञानिक अध्ययन हुनु अनिवार्य छ । कुन समुदायबाट कस्ता व्यक्तिहरु धर्मान्तरण गर्दछन ? संवन्धित सरोकारवाला व्यक्ति, निकाय तथा संघ संस्थाहरुले बुझ्न अनिवार्य छ । जीवन अस्तित्वको रक्षार्थ संघर्ष र सम्मानित मानवीय जीवन कायमै साविक शोषक धर्मका विरुद्ध धर्मान्तरण हुने गरेको पाइन्छ ।

नेपाल र भारतमा ८० प्रतिशत भन्दा बढी हिन्दू धर्मावलम्वीहरुको बाहुल्यता रहेको छ । यही मूलका हिन्दूहरु अधिकाँशत क्रिश्चियन धर्ममा प्रवेश गरेको पाइन्छ । हिन्दू धर्म र संस्कार भित्र रहेका आर्थिक रुपले अत्यन्त विपन्न र सामाजिक रुपमा बहिष्कृत व्यक्ति तथा समुदाय नै अत्यन्त छिटो प्रभावित हुने गरेका छन् । धर्म परिवर्तन गरिनुमा केही मुख्य कारणहरु निम्न बमोजिम रहेको छ ।
–हिन्दू धर्मको वर्ण व्यबस्थामा तागाधारी तथा जनैधारी जातिको उच्च स्थान र हैसियत कायम राख्न लगाउनु ।
–संस्कृत भाषामाथि तागाधारी कथित ब्राह्मण बाहेक अन्य जातिमाथि लेखपढ, अध्ययनमा प्रतिवन्ध लगाइनु ।
–पवित्र शास्त्र वेद र गीताका विरुद्ध मनोमानी आचरण, छाडावाद, रुढीवाद, अराजकतावादले हिन्दू धर्मको बैज्ञानिकपन नासिन जानु ।
–पण्डित, गुरु, मण्डलेश्वर महामण्डलेश्वर तथा मठाधीशहरुले शास्त्रको आफ्नो स्वार्थ अनुकूल व्याख्या गर्नु ।
–गीता र वेद शास्त्र विरुद्ध चरम आर्थिक र जातिय शोषण कायमै रहनु ।
–राजनीतिक नेताहरु लचिलो उदार र किनबेच तथा खरिद ।
–ईसाईहरुको विश्वव्यापी प्रचार महाअभियान नेपालमा अघोषित एनजिओहरुलाई प्रवेश दिनु ।
–वेद, गीता शास्त्र अनुकूल आचरण गराउने संत–(तत्वदर्शी गुरु) पहिचान गर्न नसक्नु ।
–ढोंगी बाबाहरुको उदय र विकासका साथै
–वली प्रथा र हिंशा जंगलीपना आदि हुन ।

आफूभित्रका करतुतहरु लुकाउने र अरुलाई दोष दिने प्रवृत्ति हिन्दू ब्रहामणवादी सामान्ति प्रवृत्ति हो । आफू ठीक मजबुत र बलियो रहेसम्म अरुले हस्तक्षेप गर्न कदापि सक्दैन । विदेशी इशाईहरु आएर हाम्रो हिन्दूत्व संकटमा छ भन्नु लाचारीपन र गल्तिमाथिको ढाकछोप हो । हिन्दू धर्मको ठेक्का लिएर हिडेका कथित मण्डलेश्वर, महामण्डलेश्वर, गुरु तथा पण्डितहरुले आफ्नो दुनो सोझाउने भन्दा पनि हिन्दू धर्ममाथि ल्याइएको संकट तपाईहरु आफै हो । मानिस मानिसबीच जातीय विभेद सिर्जना गरेर एकजाति बिशेषलाई हिन्दू धर्मबाट प्रहेज गर्ने जातिय शोषण गर्ने, आर्थिक शोषण गर्ने कार्यमा तपाईहरु नै प्रमुख भूमिकामा हुनुहुन्छ । यहाँ धर्मान्तरण रहरले होईन आफ्नो मानवीय अस्तित्व कायम गर्न धर्मबाट उत्पीडनमा परेका व्यक्ति वा समुदाय सार्थक जीवनका निम्ति वा मुक्तिका निम्ति धर्मान्तरण गर्दछन् यो उनीहरुको खुशी र अधिकारको कुरा हो । धर्म परिवर्तन गरे भनेर हिन्दू धर्ममा संकट आयो भन्नु कोकोहोलो मच्याउनु तपाईहरुको मुर्खता हो र तपाईहरु नै धर्म परिवर्तन गराउनेको मुख्य कारक हो । अतः धर्म संकटमोचन आउन नदिन तपाईहरु आफै सचेत रहनुहोस् । अन्यथा हिन्दू धर्म रक्षार्थको प्रतिक्रियावादी तपाईहरु नै हुनुहुनेछ । हिन्दू धर्ममा क्रिश्चियन, मुश्लिम, जैन र बौद्धहरु समेत कालान्तरमा हिन्दू धर्ममा नै समाहित हुनेछन् । हिन्दू धर्म गीता र वेद अनुसार वैज्ञानिक छ ।

धर्मान्तरण भयो, गराइयो भनेर रोदन गर्नु, ऐन कानून बनाएर धर्म परिवर्तनामा रोक तथा प्रतिवन्ध लगाउन खोज्नु मूर्खता सिवाय केही होइन । रोज्न पाउनु, छान्न पाउनु र त्यसलाई ग्रहण गर्न पाउनु ब्यक्तिको नैर्सगिक अधिकार हो तर धर्मको नाउँमा शोषण गर्न पाउने अधिकार कुनै पाखण्डीलाई छैन । धर्म प्रचार सबैले गर्न पाउनु पर्छ । प्रजातन्त्रको मूल्य मान्यता पनि यही हो । जय हिन्दूवाद ।।। जय कर्विदेव ।।। सत् साहेव ।।।। 

लेखक- अधिवक्ता हुन ।