सन् २०२४ को युरोकप फुटबल प्रतियोगिता जर्मनीमा

598
views

काठमाडौं । सन् २०२४ को युरोकप फुटबल प्रतियोगिता जर्मनीमा हुने भएको छ । युरोपियन फुटबल महासंघ युएफाले हिजो जर्मनीलाई युरोकप आयोजनाको जिम्मेवारी दिएको हो ।

युरोकप आयोजनाको होडमा रहेको अर्को राष्ट्र टर्कीलाई भोटिङमा पन्छाएर जर्मनीले युरोकप आयोजनाको मौका जितेको हो ।स्विजरल्याण्डको नियोनमा भएको युएफाको मतदानमा जर्मनीले १२ मत पायो भने टर्कीले जम्मा ४ भोट पाएको थियो ।

सन् २०२४ को युरोकपमा २४ टिमको सहभागिता रहनेछ । जुन १० देखि जुलाई १० सम्म ३२ दिनसम्म चल्ने युरोकपको यो १७ औं संस्करणमा कूल ५१ खेल हुनेछन् ।

प्रतियोगिता जर्मनीको विभिन्न ९ सहरमा आयोजना हुनेछ । दुई वर्षपछि हुने युरोकप फुटबलको १६ औं संस्करण भने युरोपेली महादेशका विभिन्न १२ देशका १२ शहरमा हुनेछन् ।

प्रतियोगिता शुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका १२ शहरले संयुक्तरुपमा प्रतियोगिता आयोजना गर्न लागेका हुन् ।