नारायणघाट–मुग्लिङ सडक १० दिन चौबिसै घण्टा खुल्ने

630
views

चितवन, २२, बैशाख । केही समय देखि दैनिक ६ घण्टा बन्द हुँदै आएको नारायणगढ–मुग्लिङ सडकखण्ड बैशाख २५ गतेदेखि १० दिनसम्म चौबिसै घण्टा खुल्ला हुने भएको छ । बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै बैशाख २५ गतेदेखि जेठ ३ गतेसम्म राजमार्ग खुल्ला गर्न लागिएको हो । नारायणगढ–मुग्लिङ सडकखण्ड बिस्तार भइरहेकाले हाल बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म दैनिक ६ घण्टा बन्द हुँदै आएको छ । नारायणगढ–मुग्लिङ सडक आयोजनाले सार्बजनिक सूचना जारी गरी बैशाख २५ गतेदेखि जेठ ३ गतेसम्म चौबिसै घण्टा खुल्ला हुने सडक जानकारी दिएको हो । जेठ ४ गतेपछि भने पुनः बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म बन्द हुने आयोजनाले जनाएको हो ।