नेपाली संस्कृतिनै नेपालीको पहिचान हो– मन्त्री विकास लम्साल

1168
views

अजय पौडेल,नवलपुर, असोज–१२ गण्डकी प्रदेश ४ का उधाेग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले नेपाली संस्कृतिनै नेपालकाे पहिचान भएकाे बताएका छन् ।

शुक्रबार नवलपुरकाे कावासाेतीमा थारु महिलाहरुकाे महान पर्व जितीयाकाे अवसरमा अायाेजित जितीया महाेत्सवलाई सम्बाेधन गर्दै मन्त्री लम्सालले नेपाली संस्कृति राष्ट्रकाे कडि बनेकाे बताए । नेपाली संस्कृति नरहे हामी नेपाली पनि रहदैनाैँ मन्त्री लम्सालले भने नेपालमा रहेका विभिन्न जात जाति,भाषाभाषी,रहनशहनलेनै नेपालकाे पन दिलाउन सफल भएकाे छ। जातिय भेषभुषा सहितको पहिचानले राष्ट्रियता झल्कायकाे बताउदै नेपालमा विभिन्न जातीले मनाउने पर्व लाई सांस्कृतिक पर्यटनकाे रुपमा परिणत गर्न सकिने बताए । नेपाली संस्कृति,भेषभुषा र चालचलन देखेर विदेशी पर्यटक लाेभिने गरेकाे छ मन्त्री लम्सालले भने यस्ता संस्कृतिहरुनै समृद्धिका अाधार हुन । यहाँ थारु जातिकाे सङ्ग्रहलय निर्माण गरेर पर्यटकको आकर्षण बढाउने गरि काम थालिने बताए । मन्त्री लम्सालले नारायणी,त्रिवेणी,दाउन्ने,माैलाकालिका,देवघाट,पाेखरीताल लागाएतका प्रसिद्ध पर्यटकिय स्थलहरु लाई व्यवस्थित गर्ने बताए । मुलुकमा समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने संवैधानिक प्रावधानले मुर्तरुप लिएकाे खण्डमा अादिवासी जनजातिहरु लाभान्वित हुने बताए । संविधानमा अादिवासी थारु जातिकाे हितलाई प्रत्याभूति गरिएको छ मन्त्री लम्सालले भने संवैधानिक व्यवस्थापनलाई व्यवहारमा कार्यान्वयन गर्नु नै अहिँलेको महत्वपूर्ण पक्ष हो । सबै जातजाति लाईसमान हिसाबले अधिकार प्रदान गरिएको उल्लेख गर्दै नेपालमा देखा परेका गरिबी, वेरोजगारी, अल्पविकास, असमानता, परनिर्भरता निवारणका निम्ति विकासका प्रयासहरु केन्द्रित गर्दै सामाजिक न्याय, आर्थिक बृद्धि तथा न्यायोचित वितरणमा आधारित आर्थिक एवं सामाजिक ठोस नीति प्रदेश सरकारले लिईएकाे उनकाे भनाइ थियाे ।साेहि अवसरमा विपक्षी दलका प्रमुख नेता कृष्ण चन्द्र नेपालीले जितिया पर्वले नागरिकमा व्यवाहारिक ज्ञान सिकाउने र मानव जिवनमा सकरात्मक परिवर्तन ल्याउने बताए । छुट्टिएकाे भुगाेलका नागरिकहरुलाई समेत एकताबद्व बनाएर सामाजिक सद्भाव कायम गर्न पर्वले महत्त्वपूर्ण भुमिका खेलेकाे बताए । यश क्षेत्रकाे विकासकाे लागि अाफु निरन्तर लाग्ने बताए । कार्यक्रममा प्रदेश सभा सदस्य राेशन गाह मगर, धञ्नजय दवाडी,यामकला गाैतम लगाएतले बाेलेका थिए । यस क्षेत्रमा जितियाकाे राैनक छाएको छ । याे पर्व १६ गते सम्म मनाईने छ ।