शिव शर्माको विते बर्षैं महिना सार्वजनिक

1532
views

अजय पौडेल
नवलपुर, १२, असोज । नेपालीहरुको महान पर्व विजयादशमी तथा शुभदिपावली नजिक नजिक आँउदैछन । यसै पर्वलाई मध्यनजर गर्दै नयाँ नयाँ गीतहरु सार्वजनिक हुनेक्रम जारी छ ।

धेरै परदेशीहरु यसै पर्वलाई मनाउनका लागि नेपाल आउनेक्रम तिव्ररुपमा चलिरहेको छ भने कतिपय दशैमा पनि घर आउने छुट्टी नपाएर दुख पोखीरहेका छन । यस्तै विदेशबाट नेपाल आउन नपाएका नेपालीहरुको भावनलाई समेटेर नयाँ दशै विशेष गीत विते बर्षैं महिना भर्खर मात्र सार्वजनिक भएको छ ।

यस आगडी दर्जन भन्दा धेरै म्युजिक भिडियोमा साइड रोलमा आफ्नो अभिनय कला प्रस्तुत गरिसकेका शिव शर्माको उत्कृष्ट अभिनय रहेको सो गीतमा सन्जय परियार र अमृता श्रीपाल आवाज सुन्न सकिन्छ । गीतलाई गजेन्द्र पुनले लय तथा शब्द सिर्जना गरेका हुन ।

शिव शर्मा,महर्जन राई र अस्मीता आलेको गीतमा अभिनय देख्न सकिन्छ भने दिलीप रेग्मीले गीतको म्युजिक भिडियो निर्देशन गरेका छन् ।