निर्मला हत्याकाण्डका हत्यारा पक्राउको माग गर्दै सिंहदरबार गेट अवरुद्ध

898
views

काठमाडौं, १८ असोज । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्या भएको साढे २ महिनासम्म पनि हत्यारा पक्रन नसकेको भन्दै युवाहरुले प्रमूख प्रशासनिक केन्द्र सिंहदरबार अगाडि धर्ना तथा प्रदर्शन गरेका छन् ।

निशेधित क्षेत्रमै भएको उक्त प्रदर्शनका कारण केहिबेर सिहदरबार आवागमन नै अवरुद्ध भएको थियोे । निमर्लाका लागि न्याय माग्दै गरिएको उक्त प्रदर्शनमा अपराधी पत्ता लगाउन सरकार असफल भएको भन्दै गृहमन्त्रीको राजिनामा समेत मागिएको थियो । केहीबेर घर्नासमेत बसेका प्रदर्शनकारीलाई प्रहरीले बल प्रयोग गरी हटाएको थियो ।