टी–२० विश्वकप पहिलो खेलमा नेपालले म्यानमारलाई ८ विकेटले पराजित

680
views

काठमाडौँ, असोज १७ अष्ट्रेलियामा सन् २०२० मा हुने टी–२० विश्वकपको एसिया रिजनल छनोट चरणको पहिलो खेलमा नेपालले म्यानमारलाई ८ विकेटले पराजित गरेको छ ।

मलेसियामा आज सुरु पहिलो चरणको छनोट खेलमा नेपालले पाएको ३० रनको झिनो लक्ष्य ३ ओभरमा २ विकेट गुमाउँदै भेट्टाएको हो । नेपालका लागि करण केसीले नटआउट १४ रन जोडे भने अनिल शाहलले ११ रन बनाए ।
बलिङतर्फ सन्दीप लामिछानेले ४ विकेट लिए । उनले २ ओभर बलिङ गर्दै ३ रन खर्चेर ४ विकेट लिएका हुन् । त्यस्तै ललित राजवंशीले ३ विकेट तथा ललित भण्डारी र करण केसीले १र१ विकेट लिएका थिए ।
तुलनात्मक रूपमा कमजोर मानिएको म्यानमारका साइ वाइ र पाइङ दानुले नेपालको १र१ विकेट झारे । समूह बी मा मलेसिया, भुटान, नेपाल, सिंगापुर, चीन र थाइल्याण्डर छन् । यीमध्ये शीर्ष तीनमा रहने टीम अर्को चरणमा प्रवेश गर्ने छन्।