बार्सीलोनाद्धारा टोटनह्याम हट्सपर पराजित

740
views

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा बार्सीलोनाले टोटनह्याम हट्सपरलाई पराजित गरेको छ ।गएराती स्पेनिस क्लव बार्सीलोनाको मैदानमा भएको खेलमा इंग्लण्डको टोटनह्याम ४–२ ले पराजित भयो ।

खेलमा बार्सालाई विजयी गराउन लियोनल मेस्सीले दुई गोल गरेभने फिलिप कौटिन्हो र ईभाँ राकिटिचले एक एक गोल गरे ।

टोटनह्यामका एरिक लामेला र ह्यारी केनले दुई गोल फर्काएका थिए । समुह बि कै अर्को खेलमा इटालीको ईन्टर मिलानले नेदरल्याण्ड्सको पिएसभी आईन्डोभनलाई उसैको मैदानमा २–१ ले पराजित गर्‍यो ।

च्याम्पियन्स लिगकै अर्को खेलमा ईटालीको नापोलीले इंग्ल्ण्डको लिभरपूललाई १–० ले हराँउदा फ्रान्सको पेरिस सेन्ट जर्मेन ९पिएसजी० ले सर्वियाको रेडस्टार बेलग्रेडलाई ६–१ ले पाखा लगायो ।

पिएसजीका लागि नेईमारले ह्याट्रिक गर्दा काभानी, डि मारिया र एम्बाप्पेले एक एक गोल थपे । च्याम्पियन्स लिगकै अर्को खेलमा स्पेनको एथ्लेटिको मड्रिडले बेल्जियमको क्लब ब्रुजलाई ३–१ ले पराजित गर्दा जर्मनीको बोरुसिया डर्टमण्डले फ्रान्सको मोनाकोमाथि ३–० को जित निकाल्यो ।

गएराती जर्मनीको शाल्काले रुसको लोकोमोटिभ मस्कोलाई १–० ले हराँउदा पोर्चुगलको पोर्टोले टर्कीको गालातासारेमाथि पनि १–० कै जित निकाल्यो ।