विदेश जाने युवाको बाध्यताले बजार हंगामा (भिडियो सहित)

1001
views

निर्मल पौडेल
पर्वत । महान पर्वको मुखमा विदेश जाने भिषा लाग्दा कस्तो हन्छ ? त्यो त प्रदेशमा रहेका नेपाली वा उनीहरुको परिवारले मात्र भोगेका छन् । देख्नेलाई त केवल लाहुरे मात्रै हो । रोजगार नपाएर विदेश भासिएको नेपाली त झन क्याफिनमा आउँदाको पीडा त्यो परिवारले मात्र भोगेको हुन्छ अरुलाई त एकछिन्को दर्द मात्रै हो ।

भिडियो हेर्न यो लिंकमा जानुहोस्–

यस्तै परिवेशलाई समेटेर चर्चित लोक तथा दोहोरी गायक कुशल सर्जक सुजन ‘अप्जसी’ ले ‘भिषा झ¥यो दँशै मुखैमा’ बोलको गित सार्वजानिक युटुवसँगै सञ्चार माध्यममार्फत स्रोता दर्शक माझ आएका छन् ।

आफ्नै स्वर, कारुणिक शब्द तथा लयमा सजिएको उक्त गित एकदिनमै लाखौंले हेरिसकेका छन् । उनको स्वरमा चर्चित गायिका पुर्णकला विसीले साथ दिएकी छन् ।

म्युजिक भिडियोमा सागर थापा र संचिता शाहिको अभिनय रहेको गितमा काजिश श्रेष्ठले निर्देशन एवं सागर गौतमले छायाङकन गरेका छन् । दिपक विष्टको सम्पादन रहेको सो गित देवि म्युजिक सोलुसनले बजारमा ल्याएको सुजन ‘अप्जसीले नवदृष्टिलाई बताए ।

बजारमा आएको उक्त गित म्युजिक नेपालको युट्युवबाट सार्वजनिक गरेको छु अप्जसीले भने ‘दशैको बेलामा भिसा आएपछिको पारिवारिक पीडा, श्रीमान श्रीमती विचको विछोड र माता पितामा देखिने कारुणिक भावलाई समेटेर वेरोजगार युवाहरुको वाध्यतामाथि यथार्थ चित्रण गरेको हुँ ।’