ठूलीपोखरी–पोखरा सम्पर्क समिति गठन

1660
views

सबिता शर्मा
पोखरा, २१ असोज । पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ घर भएर बिभिन्न कारणले पोखरामा बस्दै आएका ठूलीपोखरीबासीहरुले ठुलिपोखरी पोखरा सम्पर्क समिति स्थापना गरेका छन । रोजगारी, अध्ययन लगायत अन्य शिलशिलामा पोखरामा बस्दै आएका उनीहरुको शनिबार भएको भेलाबाट समिति निर्माण भएको हो ।

नवगठित समितिको अध्यक्षमा गोकर्ण सुवेदी, उपाध्यक्षमा झलकप्रसाद रिमाल, सचिवमा शिवप्रसाद लामिछाने, कोषाध्यक्षमा विश्वराज लामिछाने ‘दीपक’, सह–सचिवमा सबिता कुमारी शर्मा र सदस्यहरुमा रामकृष्ण लामिछाने, बाबुराम सुवेदी, दिपक सुवेदी, रमेश सुवेदी, मिलन सुवेदी, शिमाल पौडेल, हेमशर्मा ढुंगाना, कल्पना लामिछाने, संगीत लामिछाने, सरस्वती सापकोटा पौडेल, पण्डित हरिप्रसाद पौडेल, शम्भु पौडेल, सुरेश लामिछाने, भुवन पौडेल, ठाकुर सुवेदी, गंगाराम पौडेल र ध्रुव केसी रहेका छन् ।

समितिको कानुनी सल्लाहकारमा चक्रपाणि आचार्यलाई चयन गरिएको छ । यसैगरी, समितिको सल्लाहकारहरुमा रामप्रसाद आचार्य, सुदिप कुँवर, धर्मलाल लामिछाने, छवि सुवेदी र महेश शर्मा लामिछाने रहेका छन् । महेश लामिछानेको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन शिव लामिछानेले गरेका थिए ।