नेपालमा राजनीतिक दण्डहिनताको पराकाष्ठा– मर्डर, बलात्कार….!

970
views

–सचिन्द्र श्रेष्ठ
अहिले नेपाली समाजमा महिला, बालबालिका, असाह्य आदिको हत्या, बलात्कार, अपहरण मानौ कुनै भाइरस नै लागेछ भन्नु उपयुक्त होला । यो कुनै राजनीतिक एजेंण्डा भनौ या प्रतिपक्षको कुनै चाल जनता यस्ता रोगबाट ग्रसित छन ।

जुन निको त के कम हुन सक्ने कुनै संकेत देखिएको छैन । त्यसैले जनता राज्यको फितलो कानून, नेता वा राजनीति देखि नै वाक्कदिक्क भएका छन जसको कुनै निकास, समाधान खोज्न हरदम नयाँ खोज चाहेको प्रष्ट छ । महिला पुरूष बराबरीको दर्जा दिन सकिरहेको छैन भनु या मान्न तयार देखिन्न राज्य साथै राष्ट्र हल्लाउने हिमायतीहरु या आफूलाई मर्द सम्झिने साथै उही रूढ़ीबादी सोंचका महिला भन्न रुचाउनेहरु यस खालका घटनाका प्रत्यक्ष साक्षी जुन आफैलाई धामी एवं बोक्सी भन्न पनि पछि पर्देनन् ।
यो अझ हिन्दू धर्म संस्कार पनि अचम्म छ । जो महिलालाई देवी सम्झेर देबताको आसनमा पूजा गर्ने, जसले धर्म र दर्शनलाई अंगालेका छन्, कोही उही महिलालाई राक्षस सोची उसको हत्या, हरण गर्न अग्रसर रहन्छ । दैनिक महिलाले भोग्ने जिन्दगी उसको स्वतन्त्र अस्तित्वको स्विकृति कहिले दिन जान्दैनन् न त कहिले बुझ्न नै । आज पनि अधिकांश महाभारत, रामायणकालीन मानसिकताबाट मुक्त हुन सकेको छैन । जसको कारण द्रौपदीको चिर हरण हुनुमा आफ्नो सम्पत्ति सम्झेर युधिष्ठिरले जुवामा दाब लगाएको थियो वा सीतालाई छलकपट गरी रावणले भगाएर लग्नु र रावणले आफ्नो बनाउनुको इतिहास आज पनि उत्तिकै सान्दर्भिक रहनु कसो उचित नहोला ।

यो सबमा कोई न कोई महिलालाई आफ्नो जागीरे, पेवा, परिवारको इज्जत जे भने पनि उसलाई एउटा पुरूषको खेलौना या मागि खाने भाँडोको संज्ञा दिएको छ । केहि समय पहिलेको डोटीको ७४ बर्षीय बृद्धा महिला, कञ्चनपुरको निर्मला, पर्वत भुकमा बालिकाको बलात्कार या काठमाण्डौको जंगलमा संगीन जिसी (जहाँ गृहमन्त्रीद्वारा आत्महत्या भनिएको), पोखरा पालिखे चोकमा युवकको हत्या जहाँ आजसम्म पनि सरकार ले दोषीलाई कारबाहीको दायरमा ल्याउन सकेको छैन के सरकार निकम्मा भएको हो या कुनै बाहिरी शक्तिको आसमा अड़केको हो । अब यी यस्ता खालका प्रतिनीधि घटनालाई के मान्ने ?

के अहिलेको सरकारमा बस्नेले जनतालाई दिएको अवार्ड यहि मर्डर, रेप हो वा कुनै राजनैतिक प्रपोगाण्डा जो सरकारमा बस्नेको बेवास्ता या कुनै पीडकलाई राज्यको कÞानूनी सहारा हुनुमा पीडि़तले न्याय नपाउनु पीडक खुला रुपमा हिडडुल गर्नाले के पीडित सधै पीडितनै भएर जीवन जिउनु हो त ! दोषीले राजनीतिक आडमा राज्यको सेवा, सुविधा लिनु, राजनीतिका नाममा गलत गर्दै हिड्नुले के अब पीडित पनि कुनै दल, नेताको पहुँचमा रहनु पर्ने हो ? सरकार जवाफ दे फेरि कुनै बेला राजतन्त्रलाई फ्याँके जस्तै कम्युनष्ट नामको कमनिष्ठा सरकार फाल्न समय लाग्ने छैन् । या कुर्नु पर्दैन ।

बडो विडम्बना छ यहाँ आखिर किन महिला, बच्चा, असहाय वृद्धा नै यस्तो घटनाको शिकार हुन्छन् त ? सुस्तमनस्थिति महिलालाई बलात्कार गरी गर्भ बोकाउने या हत्या गर्नुले के पुरूषले महिलामाथि आफ्नो अधिकार दर्शाउनु वा फाइदा लिनु साथै कÞानूनी कारबाही नहुनु पनि हो । मानव एउटा सामाजिक प्राणी हो जसलाई समाज नभई हुँदैन तै पनि त्यही समाजमा उ सहज बस्न सक्दैन । हाम्रो समाजमा महिलालाई बेइज्जती, हिंसा साथै बलात्कार गर्दा बेइज्जती हुने नसोच्नु वा डर, लाज नहुँदा उसले झन् यस्ता क्रियाकलाप गर्न पछाडि हट्दैन । नेपालमा लोकतन्त्रको नाममा विकृत अराजक राजनीतिक संस्कृति विकसित भई रहेको छ जसको आजकल धेरै चर्चा हुन्छ । राजनीति र अपराध अहिले एक सिक्काका दुई पाटा जस्ता भएको छ । अबको राजनीतिमा शुद्ध हिंसा रहित समाजको परिकल्पना गर्न मानिसमा गलत संगत, गलत बिचारलाई रोकथाम गर्नु आवश्यक छ । बढ्दो इन्टरनेटको संगत मात्र हत्या, बलात्कार हुने होइन यसले त यौनका बिषयमा ज्ञान र नजानेको कुरा सिकाउन मद्दत गर्ने गर्छ मात्र त्यसको सही सदुपयोग गर्न सकियोस् ।

च्याऊ झै उम्रेका संघ सस्था होस् या सरकारी निकाय जसले अब का पीढीलाई यौन शिक्षा, नैतिक शिक्षा दिनु जरुरी छ । अब परिवारमा बाबूले छोरीमाथि होस् या दीदीबहिनीमाथि सहज आफ्ना समस्या एबं चाहना खुलेर आफ्ना कुरा राख्ने हिम्मत गर्नु पर्दछ । सधै सकारात्मक चिन्तन शैली अपनाउनु पर्दछ । जबसम्म दिल दिमागमा सकारात्मक ऊर्जा पैदा हुदैन तब सम्म यस्ता खालका घटनाहरु हुँदै जान्छन त्यसैले यो राजनीति फोहोर नगरी जनतालाई पीड़ामा मलम लगाउन सक्ने खालको ब्यबस्था, कÞानूनी समाज, शुद्ध न्यायिक प्रणाली हुनसके जनताले राहतको स्वास् फेर्न सक्ने देखिन्छ र राज्य सरकारप्रति पनि जनता उत्तरदायित्व हुने छन् ।