म्यान्चेस्टर युनाईटेडले न्युकासल युनाईटेडलाई हरायो

586
views

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडले न्युकासल युनाईटेडलाई ३–२ ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा म्यान्चेस्टर युनाईटेडका लागि हुँवा माटा, एन्टोनी मार्टियल र अलेक्सिस सान्चेजले १–१ गोल गरे ।

खेलको ७० औं मिनेटसम्म २–० ले पछि परेको म्यान्चेस्टर युनाईटेडले अन्तिम मिनेटमा निर्णायक गोल गरेको हो । खेलको पहिलो हाफमै केनेडी र योसीनोरी मुटोको गोलमार्फत अग्रता लिएको न्युकासल युनाईटेडले आफ्नो अग्रता जोगाउन नसक्दा खेल गुमाउनुपर्यो ।

प्रिमियर लिग फुटबलकै अर्को खेलमा टोटनह्याम हट्सपरले कार्डीफ सिटीलाई १(० ले हराउँदा एभर्टनले लेष्टर सिटीलाई २–१ ले पराजित गर्यो ।

यसैगरी बर्नमाउथले वाट्फोर्डलाई उसैको मैदानमा ४–० ले हराउँदा उल्भरह्याम्पटन वान्डरर्सले क्रिष्टल प्यालेसलाई १–० ले पराजित गर्यो । गएराति बर्न्ले र हडर्स्फिल्ड टाउनले १–१ गोलको बराबरी खेले ।

इङ्लिस प्रिमियर लिग फुटबलमा आज तीन खेल हुनेछन् । आज आर्सनलले फुल्हमसँग खेल्दा चेल्सी र साउथह्याम्पटन भिड्नेछन् । यसैगरी तालिकाका शीर्ष दुई टोलीहरु म्यान्चेस्टर सिटी र लिरभपुल आमने–सामने हुनेछन् ।