सिर्जनालाई अवार्ड

603
views

काठमाडौं । ‘सिंगापुर साउथ एसियन इन्टरनेशनल फिल्म फेष्टिवल अवार्ड–२०१८’ मा दुई विधामा नेपाली चलचित्र ‘डाइङ क्यान्डल’ ले अवार्ड जित्यो ।

‘डाइङ क्यान्डल’ले उत्कृष्ठ अभिनेतृको अवार्ड हात पार्दा सिर्जना सुब्बाले बाजी मारिन् । नरेशकुमार केसीले निर्देशन गरेको चलचित्रमा सिर्जना सुब्बा मुख्य अभिनेत्री हुन् ।

‘डाइङ क्यान्डल’ले ‘सिंगापुर साउथ एसियन इन्टरनेशनल फिल्म फेष्टिवल’ अवार्डमा उत्कृष्ठ सिनेमेटोग्राफीको अवार्ड हात पार्दा दीपन्कर सिक्देर र रवीन आचार्यले बाजी मारे ।सिंगापुरमा भएको फिल्म फेस्टिवलमा चलचित्र ‘डाइङ क्यान्डल’ नोमिनेसनमा परेपछि निर्देशक केसी र अभिनेत्री सुब्बा सिंगापुर पुगेका थिए ।

‘डाइङ क्यान्डल’ले अवार्ड थाप्दा थप जिम्मेवारी महसुश गरेको सो फिल्मका निर्देशक दिपक केसीले प्रतिक्रिया दिए । केसीले भने ‘डाईङ क्यान्डल’ नेपाली मौलिक विषयमा आधारित चलचित्र हो, नेपाली चलचित्रलार्य विश्वबजारसम्म पु¥याउन मद्दत गर्ने फिल्म पनि हो ।’

फिल्मकी मुख्य अभिनेतृ सिर्जना सुब्बाले अवार्ड थाप्दै भनिन् ‘अवर्डाले जिम्मेवारी थपिएको महसुश भएको छ ।’

‘दिदीभाइको आत्मीय सम्बन्धलाई मुख्य कथा बनाएर निर्माण गरिएको यो चलचित्रले मलाई थुप्रै खुसीका पलहरु ल्याइदिएको छ,” उनले भनिन् ‘नेपाली कथालाई आफ्नै संस्कार र संस्कृतिभित्र रहेर भन्नसके सबैको मन जित्छ अवार्डले प्रतिफल हो ।’

०७४ मा रिलिज भएको ‘डाइङ क्यान्डल’ ले उत्कृष्ठ अभिनयतर्फ गत वर्षका चलचित्रका अधिकांश अवार्ड हात पारेको थियो ।