तरकारी व्यापारीबीच कुटपिट हुँदा एकको मृत्यु

782
views

परासी, ६ कार्तिक । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा आपसी झगडामा भएको कुटपिटबाट एकजनाको मृत्यु भएको छ । झडपमा अर्का एकजना घाइते छन् ।

सोमबार राति ११ बजे पाल्हीनन्दन गाउँपालिका–१ बर्दघाटेपुल नजिक ४र५ जनाको समूहको कुटपिटबाट सोही ठाउँका सुनरी गाउँ बस्ने ३६ वर्षीय गणेश मल्लाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक मोहनबहादुर खाँडले बताए । प्रहरीका अनुसार टाउकोमा फलामको रड प्रहारबाट उनको मृत्यु भएको हो ।

दुई जनामाथि ४–५ जनाको समूहले आक्रमण गर्दा पाल्हीनन्दन गाउँपालिका–३ कुस्माका ३६ वर्षीय नवर्देश्वर चौहान घाइते छन् । उनको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भइरहेको छ । स्थानीय तरकारी व्यवसायी रहेको र वयवसायकै षियमा दुई पक्षबीच झगडा भएको प्रहरीले जनाएको छ ।