यात्रु बस दुर्घटनामा दुईको मृत्यु, ३५ घाइते

667
views

चौतारा, २८ वैशाख । काठमाडौँबाट दोलखातर्फ गइरहेको बा ३ ख ५०५६ नम्बरको यात्रु बस आज दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । अन्य ३५ जना घाइते भएका छन् । दुर्घटनामा दोलखा जिल्ला लामीडाँडा–४ निवासी ७० वर्षीय मुक्तिनाथ घिमिरे र उनकी श्रीमती ६५ वर्षीया रत्नकुमारी घिमिरेको घटनास्थलमा मृत्यु भएको जिप्रका, सिन्धुपाल्चोकले जानकारी दिएको छ ।
सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाअन्तर्गत खाडीचौरको तीनकिलो भन्ने स्थानमा अपराह्न बस अनियन्त्रित भई सडकबाट १० मिटर तल खसेर दुर्घटना भएको र चालक फरार रहेको प्रहरीले बताएको छ ।