दुईलाख बराबरको भारतीय औषधि बरामद

830
views

गौशाला, ४, मंसिर । भन्सार छली गरी भारतबाट ल्याउँदै गरेको भारतीय औषधी बरामद गरिएको छ । महोत्तरीको पश्चिमी सिमानाका सम्सी गाउँपालिकाबाट गएराति प्रहरीले झण्डै दुईलाख मूल्य बराबरको भारतीय औषधि बरामद गरेको हो ।

फाईल तस्विर


उक्त औषधी भन्सार छलेर भारतबाट नेपाल ल्याइएको सूचना प्राप्त भएको प्रहरीले जनाएको छ । भन्सार छली नेपाल ल्याउँदै गरेको २५ प्रकारको भारतीय औषधि बरामद गरिएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

भारतमा कम मूल्यमा किनेर नेपालमा बढी मूल्यमा बिक्री गर्ने उद्देश्यले सो औषधि भन्सार छली गरी नेपाल ल्याउँदै गरेको खड्काले बताए ।