संकटमा टेरेजा मे

2530
views

काठमाडौं । ईयुबाट बहिर्गनको एजेण्डा उठाएर चर्चामा आएकी बेलायती प्रधानमन्त्री टेरेजा मे यही एजेण्डाका कारण अहिले विवादमा तानिएकी छिन् । ब्रेकजिटको प्रक्रिया लम्बिदै जाँदा राष्ट्रिय एजेण्डाका रुपमा रहेको ब्रेकजिट अब क्रमशः राजनीतिकरण हुँदै गएको छ । यही एजेण्डाका कारणले बेलायती संसदमा कञ्जरभेटिवको मत एकातिर र लेबोर पार्टीको मत अर्कातिर हुँदै गएको छ । बेलायती संसद अहिले विभाजित अवस्थामा पुगेको छ ।

नियमित सूचीअनुसार ब्रेकजिटको एजेण्डा मेले संसदमा पेश नगरेपछि उनको कन्जरभेटिभ पार्टीका ४८ जना सांसदहरुले उनलाई कडा चुनौतिसहित पत्र लेखेका थिए । यो जटिल परिस्थितिको सामना गर्न मेले संसदमा विश्वासको मत लिनुपर्ने अवस्था सम्मको सिर्जना हुन गयो । र, मेले विना सेड्युल एक्कासी बुधवारका दिन संसदमा अविश्वास प्रस्तावको सामना गरिन् ।

तर रिसाएका आफ्नै ४८ जना सांसदहरुको चुनौतीका बाबजुद उनले संसदमा ६३ प्रतिशत मत संरक्षण गर्न सफल भइन् । संसदमा मेले २०० जनाको मत पाइन् भने उनको विपक्षमा ११७ मत परेको थियो । अब उनको पालामा ब्रेककजिट सफल हुन्छ वा हुँदैन, तर उनले आउँदो एक वर्षसम्मका लागि यस्तो खाले अविश्वासको मुकाबिला भने बेहोर्नु पर्ने छैन ।

बेलायती राजनीतिक विश्लेषकहरुका अनुसार मेले पूर्व कार्यतालिकाअनुसार मंगलवार ब्रेकजिटको प्रस्ताव यही संकटका कारणले संसदमा नलगेकी बताएका छन् । ब्रेकजिट पूर्व नै मेले आफ्नै संसदहरुको अविश्वासका कारणले गर्दा अविश्वास प्रस्ताव बेहोर्नु परेको अवस्थामा अबका दिनमा यो ब्रेकजिटको मुद्दाले सहजै निकास पाउनसक्ने देखिदैन ।