चारहजार बढी घरलाई साढे २१ करोडको आयोजना

670
views

शोभा जिसी
कोल्हुवा । यहाँका चार हजार २ सय घरधुरी प्रत्यक्ष लाभान्वित हुने गरी साढे २१ करोड लागतको खानेपानी आयोजना निर्माण भईरहेको छ । मध्यविन्दु नगरपालिकाको कोल्हुवामा कोल्हुवा खानेपानी आयोजना निर्माण भईरहेको हो ।

कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता समितिले आयोजना अन्तरगत ४ लाख ५० हजार लिटर क्षमताको खानेपानी ट्याङ्की निर्माणको यसै साता शिल्यान्यास गरेको कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष श्रीधर शर्माले जानकारी दिए । उनले खानेपानी आयोजनाले बोरिबाट चारसय ६३ घरमा धारा वितरण गरिसकेको बताए ।

गएको बैशाखबाट मध्यविन्दु २ को कोल्हुवा र चनौली, मध्यविन्दु ३ को चौराहा बजारमा धारा वितरण गरिएको हो । आयोजनाले मध्यविन्दु ३ को इटौरा र बगैंचा लगायतका क्षेत्रमा धारा वितरण गर्ने जनाएको छ ।

नेपाल सरकारको उच्च खानेपानी प्रविधिको १८ करोड र २० प्रतिशत कम्तिमा २१ करोड ६० लाखको लागतमा सम्पन्न हुने उक्त आयोजनाका मुल हात्तिसारमा रहेको अध्यक्ष शर्माले बताए ।

उक्त आयोजाले मध्यविन्दु नगरपालिका १, २ र ३ गरी ३ वटा वडालाई लक्षित गरेको छ । आयोजना एक बर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।