शैक्षिक गुणस्तर परिवर्तन गर्नुपर्नेमा जोड

542
views

बागलुङ, ९ पौष । यहाँको एक कार्यक्रमका वक्ताहरुले बालबालिकालाई शिक्षाको ग्रेडिङ गरी शैशिक प्रणालीमा सुधार ल्याउनुपर्ने बताएका छन् । विद्यालयको बिचार बिमर्श कार्यक्रममा सहभागी बक्ताहरुले शैक्षिक गुणस्तरमा परिवर्तन ल्याउन आब्हान गरेका हुन् ।

विद्यालयमा नियमित बिषयगत ट्युशनको ब्यवस्था, गृहकार्य उनिहरुको मनोबिज्ञान अनुसारको पठनपाठन र अतिरिक्त क्रियाकलापमा जोडदिन उनीहरुले आग्रह गरे ।
अमर आदर्श उच्च माध्यामिक विद्यालय बागलुङले गरेको अबिभावक, शिक्षक र ब्यवस्थापनबीच बिद्यालयको ब्वस्थापन र शिक्षाको गुणस्तर अभिबृद्दि गर्न आयोजित एक दिवशिय बिचार विमर्शमा उनीहरुले यस्तो धारणा व्यक्त गरेका हुन् ।

कार्यक्रमा बोल्दै साझेदार नागरिक संजाल संयोजक एवं सत्कर्म नेपालका अभियान्ता सीताराम थापाले विद्यालयको शैक्षिक प्रणाली सुधारको लागि ग्रेडिङ प्रणालीबाट बाल मनोबिज्ञान अनुसारको शिक्षा, विधालयको वातावरण, गुणस्तर, शिक्षक ब्यवस्थापन, रचनात्मक र सृजनात्मक व्यवहारिक शिक्षामा जोड दिनुपर्ने उल्लेख गरे ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिजय राज पन्तले अविभावक र शिक्षकले राखेका जिज्ञासाहरुले शैक्षिक सुधार हुने बताए ।

विद्यालयका प्राचार्य हेमन्त थापाले विद्यालयको वर्तमान प्रगति र आगामि दिनमा गरिने क्रियाक्लापको जानकारी गराए ।

बचार विमर्श कार्यक्रममा कुशुम बुढा, सविन श्रीस, बिन्दु शर्मा, शोभा थापा लगायत अबिभावक र शिक्षकहरु बोलेका थिए । कार्यक्रमको सञ्चालन सहायक प्रिन्सिपल कमल पन्तले गरेका थिए ।