तमु ल्होसारको अवसरमा शुभकामना

910
views

काठमाडौं, १५ पुस । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले तमु (गुरुङ) समुदायको नयाँ वर्ष तथा प्रमुख चाड तमु ल्होसारको पावन अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

अध्यक्ष तिमिल्सिनाले शुभकामना वक्तव्य जारी गर्दै सम्पूर्ण गुरुङ समुदायलगायत यो पर्व मान्नुहुने सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका आमाबुबा, दिदीबहिनी दाजुभाइप्रति सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु भनेका छन् ।

शुभकामना वक्तव्यमा थप भनिएको छ–नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक हो । ठाउँ÷समुदाय विशेष अनुसार फरक–फरक भाषा, धर्म, संस्कृति, भेषभूषा रहेका छन्, जुन नेपालको पहिचान हो । यस्ता विविधताको संरक्षण, प्रवद्र्धन र विकास गर्नु राज्यको दायित्व हो । सांस्कृतिक परम्पराको धनी मानिने नेपालका तमु समुदायले आफ्ना रीति, परम्परा र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै आइरहेका छन् ।

अन्त्यमा यस पर्वले तमु जाति लगायत सम्पूर्ण नेपालीहरूको बीचमा हार्दिकता, धार्मिक सहिष्णुता र सम्मान कायम गर्दै राष्ट्रिय एकता प्रवद्र्धन गर्ने अपेक्षा गर्दै गुरुङ समुदाय र समस्त नेपालीहरुमा पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु भनिएको छ ।