प्रधानन्यायाधीश राणाले लिए शपथ

843
views

काठमाडौं, १८, पुस । नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले पद तथा गोपतीयताको शपथ लिएका छन् । राणालाई राष्ट्रपति विद्यादेवी भण्डारीले शितलनिवास स्थित राष्ट्रपतिको कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, सर्वोच्च अदालतका न्यायाधीशलगायतको उपस्थिति थियो ।