चितवन महोत्सव आजबाट प्रचण्डले उद्घाटन गर्ने

1526
views

चितवन, २५ पुस १२ औं चितवन महोत्सव आज बाट सुरु हुदैँछ । नारायणी नदि किनारमा हुने चितवन महोत्सव २०७५ को उद्घाटन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन्।

उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली पनि आउने भनिएको थियो तर उनको स्वास्थ्य प्रतिकूलताका कारण आउन नसक्ने भएपछि महोत्सवको उद्घाटन कार्यतालिका फेरिएको महोत्सव प्रर्वद्धन समितिका संयोजक सुमन श्रेष्ठले जानकारीदिए ।
उद्योग वाणिज्य संघ–चितवन, भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति चितवनको संयुक्त आयोजनमा हुन लागेको महोत्सवका सम्पूर्ण तयारी सकिएको छ ।
यस पटक प्रदर्शनीस्थलमा ५ सय ९० वटा स्टल रहेका छन् । विहान साढे आठ बजे नदीकिनारमा अध्यक्ष प्रचण्डले महोत्सवको लागो अंकित वेलुन उडाउने छन् । भने ११ बजे उद्धघाटन हुने गर्ने कार्यक्रम छ । यस्तैयसअघि चितवनको सस्कृति झल्कीने विभिन्न बाजागाजासहित र्यालीले नारायणगढ बजार परिक्रम गरि महोत्सव स्थल पुग्नेछ ।