तारा खोलामा आगलागि तीन बालबालिको मृत्यु

483
views

सिताराम थापा
बाग्लुङ, २५, पुस । बागलुङ जिल्लनको ताराखोला गाउँपालिकामा आगलागी हुँदा तीन बालबालिकाको घटना स्थलमै मृत्यु भएको छ ।

जिल्लाको ताराखोला गाउँपालिका–४ मा रहेको यामबहादुर खत्रीको दुई तले कच्ची गोठमा आगालागी हुँदा रूद्रबहादुर रोकाका ६ वर्षीय छोरा रतिश रोका, डिल बहादुर घर्तीकी ६ वर्षीय छोरी ऋतु रोका र ४ वर्षीय छोरा आयुष रोकाको आगालागीमा परि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

आगो इलाका प्रहरी कार्यालय ताराखोलाबाट गएको प्रहरीको एक टोलीले बेलुका साढे ७ बजे मात्र नियन्त्रणमा लिएको थियो ।