देवघाटधाममा मकर मेला भर्नेको घुइँचो

2320
views

चितवन,माघ १ तनहुँ, चितवन र नवलपरासीको संगम तीर्थस्थल देवघाटधाममा मकर संक्रान्ति मेला हेर्नेको घुइँचो लागेको छ ।

मेला हेर्न सोमवार देखिनै देशका विभिन्न ठाउँ सहित भारतबाटसमेत हजारौं तीर्थालु देवघाट पुगेका छन् । देवघाटमा हरेक वर्ष जस्तै यसबर्ष पनि त्रिशुली र कालिगण्डकीको संगममा नुहाउन बिभिन्न जिल्लाबाट श्रद्धालुहरु आएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले जानकारी दिनुभयो । त्रिशुली र कालीगण्डकी नदीको संगममा माघे संक्रान्तिमा स्नान गर्दा अक्षयफल प्राप्त हुने विश्वासका साथ दर्शनार्थीहरु देवघाट आउने गरेको उहाँले बताउनुभयो । ‘ हरेक बर्ष झै यसबर्ष पनि दर्शनार्थीहरु घुँइचो लागेको,’ उहाँले भन्नुभयो ‘मकर स्नानको महत्व झन् थपिदैं गएको छ ।’ यस पाँच लाख मकर मेलामा सहभागी हुने देवघाट क्षेत्र विकास समितिको अपेक्षा छ ।’ मेला भर्न आएका दर्शनार्थीहरु रातभर ध्वनी बालेर जाग्राम बसी नाचगान गर्नुका साथै धार्मिक प्रवचनमा सहभागी भएका थिए ।
मेला ब्यवस्थित गर्न देवघाटका चार ठाँउमा सचिवालय स्थापना गरिएको छ । देवघाटधाममा जानका लागि पुलमा दोहोरो लाइन राखेर आवातजावात गर्ने व्यवस्था छ भने त्रिशुली नदीबाट आवातजावात गर्न सहजताका लागि डुंगाको व्यवस्था गरिएको छ । यस्तै, वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्तिहरुका लागि निःशुल्क डुंगाबाट आवातजावात गराउने व्यवस्था गराइएको छ । तनहुँ र चितवन तर्फ सुरक्षाका लागि करिब पाँच सय सुरक्षाकर्मीको खटाइएइको छ । नदि किनारमा आपतकालिन रेस्क्युका लागी शशस्त्र प्रहरीको विपत ब्यवस्थापन केन्द्र कुरिनटारबाट ९ जनाको टोली र स्थानिय बोटे समुदायलाई परिचालन गरिएको छ ।
कालीगण्डकी र त्रिशुली नदी मिसिएको संगम स्थलमा नुहाउने ठाउँ सुरक्षित पार्न बाँस गाडेरे डोरी लागाइएको देवघाट क्षेत्र विकास समितिका सदस्य तथा मेला ब्यवस्थान समितिका सदस्य नवराज ढकाले जानकारी दिनुभयो । यसैगरी स्वास्थ्य उपचारको व्यवस्था, एम्बुलेन्स, स्वयमसेवी परिचालन गरिएको छ । भक्तजनको सवारी पार्किङ गर्दा चर्को शुल्क लिने गरेको गुनासो बढेपछि मोटरसाइकल, कार, बसको पार्किङ शुल्क तोकिएको छ ।