महेन्द्र ज्योतीमा वक्तृत्वकला

989
views

पर्वत । महाशिला गाउँपालिका–५ लुङ्खुमा रहेको श्री महेन्द्र ज्योती माध्यामिक विद्यालयमा विद्यार्थीकाबीच वक्तृत्वकला प्रतियोगिता भएको छ ।

ईलाका प्रहरी कार्यालय लुंखु देउराली र महाशिला गाउँपालिकाको संयोजनमा समुदाय प्रहरी साझेदारीता अवधारणा अनुसार महाशिला गाउँपालिका स्तरीय समुदाय प्रहरी साझेदारी सुरक्षित समाज निर्माणमा हाम्रो जिम्मेवारी भन्ने बिषयको बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।

कार्यक्रमको प्रमुख अतिथि महाशीला गाउँपालिकाका अध्यक्ष राजु प्रसाद पौडेल र वडा न ५ का अध्यक्ष जीवन विक्रम उचै रहेका थिए ।

कार्यक्रममा महाशिला गाउँपालिकाभित्र रहेका बिद्यालयबाट उत्कृष्ट बिद्यार्थीहरुलाई प्रतिस्पर्धा गराईएको थियो । कार्यक्रममा विद्यालयहरुका प्रधानाध्यापकहरु, शिक्षकहरु, विद्यार्थीहरु र अभिभावक सहित चारसयजनाको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा श्री सुर्य माद्यमिक विद्यालयका साजन सुनार प्रथम, श्री बिश्वज्योति माध्यामिक विद्यालयकी विद्यार्थी भावना शर्मा द्धितिय, श्री जनविकास माध्यामिक विद्यालयका भानुभक्त लम्साल तृतीय भएका थिए । प्रतियोगितामा श्री स्वधर्म माध्यमिक विद्यालयकी विद्यार्थी भगवति भुसाल सान्तवना भएकी थिईन् ।