प्रचण्ड पत्नी सीता दाहाल सुमेरु अस्पतालमा भर्ना

2536
views

काठमाडौं, ६, माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई सुमेरु अस्पतालमा भर्ना गरिएको छ ।

केही दिनदेखि ज्वरो र खोकीले ग्रसित दाहाललाई आइतबार बिहान अस्पतालमा भर्ना गरिएको हो । सीता दाहालको डा. युवराज शर्मालगायतको टोलीले उपचार शुरु गरेको छ । सीता दाहाल लामो समयदेखी सुगर, प्रेसरलगायतका समस्याबाट ग्रसित छिन् ।

केही समय पहिले प्रचण्डले पत्नी सीतालाई सिंगापुर, दिल्ली र नेपालको विभिन्न अस्पतालमा उपचार गराउदै आएका थिए ।