पर्वतका ह्याण्डबल खेलाडीहरु पोखरामा

952
views

निर्मल पौडेल
पर्वत, १० माघ । जिल्ला ह्याण्डबल संघ कास्कीको आयोजनामा सञ्चालन भैरहेको ‘चौथो एकता कप अन्तर विद्यालय ह्याण्डबल प्रतियोगिता’ मा सहभागी हुन पर्वतका ह्याण्डबल खेलाडीहरु पोखरा गएका छन् ।

खेलाडी र प्रशिक्षकलाई जिल्ला खेलकुद जिल्ला ह्याण्डबल संघका अध्यक्ष राजेन्द्र पहाडी, उपाध्यक्ष ज्ञानेन्द्रकुमार जोशी ह्याण्डबल संघका पदाधिकारीहरु जिल्ला खेलकुद विकास समितिका सदस्य साजन श्रेष्ठ, लगायतले सफलताको शुभकामनासहित विदाई गरेका हुन्।प्रतिष्पर्धाका लागि छनोट भएका १० जना खेलाडीहरुमा अर्दिप नेपाली, विवेक पुन, किरण पुन, सजिप पुन, प्रमिश पुन, विपिन थापा मगर, सन्दिप क्षेत्री, सुशन श्रेष्ठ, धनबहादुर कुमाल र प्रविन पुन रहेकाछन् । अफिसियलको रुपमा जिल्ला ह्याण्डबल संघ पर्वतका सचिव रमेश श्रेष्ठ रहेका छन्। खेल टाइसिटका आधारमा आजदेखि खेलाइँदै छ ।

पर्वतको टीमले पहिलो खेल पोखरा मोर्डन माविका खेलाडीसँग खेल्ने भएको छ ।केही साता अघि साताव्यापी प्रशिक्षण कार्यक्रमबाट तयार भएका खेलाडीहरुलाई नै छनोट गरी पोखराको प्रतियोगितामा सहभागी गराइएको प्रशिक्षक तथा नमुना आवासीय माविका शिक्षक रमेश श्रेष्ठले जानकारी दिएका छन् ।

खेलाडीलाई पोखरा पठाउनका लागि नमुना आवासीय मावि र जिल्ला ह्याण्डबल संघले आवश्यक सहयोग गरेको जिल्ला ह्याण्डबल संघका अध्यक्ष राजेन्द्र पहाडीले जानकारी दिएका छन् ।