डा. केसीको स्वास्थ्य अवस्था कम्जोर

512
views

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीको स्वास्थ्य दिनप्रतिदिन कम्जोर बन्दै गएको छ । सरकार र आफुबिच भएका सहमति कार्यान्वयन गराउन भन्दै अनशन बसेको १५ दिन पुग्दा पनि सरकारले समस्या समाधान गर्न पहल थालेको छैन् ।

फाईल तस्विर


डा. केसीको उपचारमा संलग्न डाक्टरहरुले उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको बताएका छन् । केसीको शरीरमा सेतो रगतको मात्रा घटिहेकाले उनी संक्रमणको उच्च जोखिम रहेको बताइएको छ ।

डा. केसीको स्वास्थ्य अवस्था निरन्तर खस्किरहे पनि सत्तारूढ दलहरु डा. केसीसँग गरिएको सहमति विपरीत संसदीय समितिबाट पारित भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसद्बाट जसरी पनि पारित गर्ने तयारीमा छन् । शुक्रबारको संसद् बैठकबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्न लागि परेका छन् ।

सत्तारूढ नेकपा स्थायी समिति सदस्य एवम् सांसद योगेश भट्टराईले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक आगामी माघ ११ गते बस्ने संसद बैठकबाट पारित हुने दाबी गरेका छन् ।