डोल्पाको जागदुल्ला र मुड्केचुला गाँउपालिकामा माओवादी केन्द्र विजयी

562
views

जुम्ला, २, जेठ । डोल्पाको जागदुल्ला र मुड्केचुला गाउँपालिकामा नेकपा माओवादी केन्द्र अत्यधिक बहुमतले विजयी भएको छ ।
जागदुल्ला गाउँपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका नारासिं रोकाया र उपप्रमुखमा माओवादीकै अमृता लामा विजयी हुनु भएको निर्वाचन कार्यालय डोल्पाले जनाएको छ । प्रमुखमा विजयी रोकायाले ५५६ मत प्राप्त गर्नु भएको छ भने उपप्रमुखमा विजयी लामाले ५१९ मत प्राप्त गर्नु भएको हो ।
मुड्केचुला गाँउपालिकामा शाही
यस्तै, मुड्केचुला गाउँपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रकै दत्तबहादुर शाही ९३३ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उपप्रमुखमा सविता बुढाले ९५९ मत प्राप्त गरी विजयी हुनु भएको छ ।