म्यान्चेस्टर सिटी एफए कप क्वाटरफाइनलमा

713
views

काठमाडौं । न्यूपोर्ट काउण्टीलाई हराउँदै म्यान्चेस्टर सिटी एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको पाँचौ चरणको खेलमा चौथो श्रेणीको प्रतियोगिता लिग टु खेल्ने न्यूपोर्ट काउण्टीलाई ४–१ ले हराउँदै म्यान सिटी क्वाटरफाइनलमा पुगेको हो ।

सिटीको जितमा फिल फोडेनले दुई तथा लेरोए साने र रियाद माहारेजले एक एक गोल गरे । एफए कपकै अन्य खेलमा डर्बी काउण्टीलाई हराउँदै ब्राईटन, एएफसी विम्बल्डनलाई हराउँदे मिलवाल तथा क्वीन्स पार्क रेन्जर्सलाई हराउँदै वाट्फोर्ड पनि क्वाटरफाइनलमा पुगेका छन् ।