पोखरा विद्यालयमा विद्यार्थीबीच कुटाकुट एकको निधन

636
views

सीताराम थापा
पोखरा । विद्यालयमा अध्ययनरत विद्यार्थीहरु एक आपसमा झगडा हुँदा पोखरामा एकको ज्यान गएको छ ।
पोखरा महानगरपालिका–१३ भद्रकाली माध्यमिक विद्यालयमा पढ्ने होमबहादुर विक र आशिष गुरुङबीच शौचालयमा झगडा हुँदा घाईते भएका होम बहादुर वि.क.को मनिपाल शिक्षण अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।

झगडा पछि बेहोस विकलाई तत्काल पश्चिमाञ्चल क्षेत्रिय अस्पताल लगिएता पनि त्यहाँबाट रिफर गरि मनिपाल शिक्षण अस्पतालको आइसियूमा सल्यक्रिया गरि उपचार गरिएको अस्पताल श्रोतले जनाएको छ ।

अप्रेशन गरेका डा. कृष्ण कोइरालाले पहिल्यैदेखि स्वास्थ्य समस्या रहेकाले सोचेजति स्वास्थ्यमा प्रगति नभएको र ब्रेन डेथ भइसकेको बताएका थिए । निधन भएका विकको गालामा पहिले देखि नै पुरानो ट्युमर घाउ भएको परिवारीक श्रोतले जनाएको छ ।

उक्त घटना पछि आशिष गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको डिएसपी रबिन्द्रमान गुरुङले जानकारी दिए ।