माओवादीको लालकिल्ला रुकुमको सानीभेरी गाउँपालिकामा माओवादी केन्द्र विजयी

628
views

मुसिकोट २, जेठ । माओवादीको आधारकिल्ला मानिएको रुकुमको सानीभेरी गामउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका उम्मेदवार नगरबहादुर पुनले ४ हजार ६ सय ५० मतका साथ सानीभेरी गाउँपालिकाको प्रमुखमा विजयी हुनु भएको हो ।
उहाँका प्रतिद्वन्द्वी कांग्रेसका गोरखबहादुर ओलीले २ हजार ६ सय १४ मत प्राप्त गर्नु भयो। त्यस्तै, माओवादी केन्द्रका तर्फबाट उपप्रमुखमा उम्मेदवार इन्दिरा ओली ४ हजार ६ सय ६१ मतका साथ विजयी हुनु भयो। कांग्रेसकी उपप्रमुखको पदकी उम्मेदवार पुष्पा ओलीले २ हजार ६ सय ३ प्राप्त गर्नु भयो । योसँगै रुकुमका अन्य ५ स्थानमा पनि माओवादी केन्द्रको अग्रता कायम रहेको छ। जिल्लाभरी जम्मा ७३ वडा रहेको मध्ये ३३ वडाको परिणम आइसकेको छ। यसमा पहिलो माओवादी केन्द्र ३६ वडामा, दोस्रो कांग्रेस ४ वडामा र तेस्रो एमालेले १ वडामा प्यानलसहित विजय हासिल भएका छन् ।