रेलमार्गका लागि १४० र १९० दुरीको मार्ग प्रस्ताव

642
views

काठमाडौँ, १५, फागुन । रेलमार्गको पूर्वसम्भाव्यता अध्ययनपछि दुईवटा मार्ग प्रस्ताव गरिएको छ । भारतको कोंकर्ण रेल्वे कर्पोरेशनले प्रस्तावित रक्सौल–काठमाडाँैं रेल मार्गका लागि यो प्रस्ताव गरेको हो ।

रेल मार्गका लागि छोटो दुरी १४० किलोमिटर र लामो दुरी १९० किलोमिटर प्रस्ताव गरिएको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । यी दुबै ‘एलाइनमेन्ट’ माथि छलफल भइरहेको छ । नेपालको तर्फबाट टुङ्गो लगाएर दुईमध्ये एउटा प्रस्ताव त्यो कम्पनीलाई पठाइने छ ।”

प्रस्तावित रेलमार्ग निर्माण प्रक्रियालाई अगाडि बढाउन यसअघि भदौ १५ गते प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा दुबै देशका अधिकारीबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।