अधिकारीको पार्थिव शरीर धुम्बाराहीमा

417
views

काठमाडौं, १९ फागुन । पूर्वअर्थमन्त्री एवंम् नेकपाका नेता भरतमोहन अधिकारीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय धुम्बाराहीमा राखिएको छ ।

अधिकारीको पार्थिव शरीरमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड’ले संयुक्त रुपमा पार्टीको झण्डा ओढाएका छन् ।

अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गर्न नेता, कार्यकर्ताहरुको घुइँचो लागेको छ । उनको पार्थिव शरीरलाई मध्याह्न १२ बजेसम्म पार्टी कार्यालयमा राखिने र त्यसपछि शवयात्रा गर्दै आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने नेकपाले जनाएको छ ।

अधिकारीको ८२ वर्षको उमेरमा राजधानीको ह्याम्स अस्पतालमा उपचारका क्रममा शनिबार राति निधन भएको हो । अधिकारी गत माघ २४ देखि ह्याम्स अस्पतालमा उपचार गराइरहेका थिए ।