शंकरपोखरीमा बृहत खानेपानी लिप्ट आयोजना शुरु

१५ करोड २९ लाख ३० हजार ८ सय २ रुपैयाँको लागत

964
views

महेन्द्र जिसी
पर्वत, २५, फागुन । पर्वतको फलेवास नगरपालिका–३ शंकरपोखरीमा वृहत लिप्ट खानेपानी आयोजना शुरु भएको छ । यहाँका ७ सय ६३ घरधुरीका ५ हजार ५ सय ६९ घरधुरीका लागि खानेपानीको सुविधा पु¥याउने उद्वेश्यले खोनपानी लिफ्ट खानेपानी आयोजना शुरु गरिएको हो ।

आयोजनको गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले शिलन्यास गर्नुभएको हो । आयोजना शिलान्यास गर्दैै मन्त्री बस्नेतले प्रदेशले समृद्धिका चार आधारलाई प्रमुखताका साथ लिएको बताउनुभयो । पर्यटन, उर्जा, कृषि र खनिजको समुचित प्रयोग गरि प्रदेशलाई समृद्ध बनाउन चाहेको बताउनुभयो ।

उहाँले आयोजनाका लागि बजेटको कमी नभएको बताउँदै लक्षित वर्षभित्रै आयोजना सम्पन्न गर्न उपभोक्ता तथा निर्माण समितिलाई आग्रह गुर्नभएको हो ।

कुल १५ करोड २९ लाख ३० हजार ८ सय २ रुपैयाँको लागतको आयोजनाले ७ सय ६३ घरधुरीका ५ हजार ५ सय ६९ जनसंख्या खानेपानीको सुविधा पु¥याउने भएको हो ।

कार्यक्रममा मन्त्रालयका सचिव ईश्वर मरठठाले आयोजनाको कुल लागत र आयोजनाको डिपिआर प्रस्तुत गर्नुभएको थियो । उक्त डिपिआर अनुसार मुख्य पानी संकलनका लागि दुई टयांकी निर्माण गरेर वितरणको लागि एक दर्जन टयाँङ्की निमार्णका साथै डेड करोड बराबरको श्रमदान उपभोक्ता समीतीले व्यहोर्नु पर्ने बताउनु भयो ।

वितरण टयाँङ्की मार्फत उपभोक्ताको घरघरमा पानी पु¥याईने खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख प्रेमप्रसाद डोटेलले जानकारी दिनुभयो ।

आयोजना उपभोक्ता समितिका अध्यक्ष शिवप्रसाद तिवारीले तोकिएको समयमा पुरा गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

उक्त आयोजना घरदुरीदेखी २७ किलोमिटर टाढा लमाएखोलामाबाट विद्युतीय पम्प मार्फत पानी तानेर ‘एक घर एक घारा’ अवधारणा अनुरुप सम्पन्न गर्ने लक्ष्य रहेको समितिका सचिव कमल प्रसाद भुसालले जानकारी दिनुभयो ।