बाबू आमाको स्मृतिमा अक्षयकोष स्थापना

1123
views

सीताराम थापा
बागलुङ, १, चैत । आफ्ना बाबु आमाको स्मृतिमा कुल प्रसाद ढपाध्याय र आफ्ना भाईले मिलेर दुईलाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छन । बागलुङ नगरपालिका वडा नं–२ निवासी उपाध्याय परिवारले बागलुङ नगरपालिकाको दुईवटा विद्यालयमा बार्षिक रुपमा छात्रावृत्ति वितरण गर्ने अभिप्रायले अक्षयकोष स्थापना गरेका उनले बताएका छन ।

कुलप्रसाद उपाध्याय र टंकनाथ उपाध्यायका स्वर्गीय बुबा टंकनाथ उपाध्याय र आमा लिलावती उपाध्यायको बार्षिक पुण्यतिथीको स्मृतिमा अवसरमा रु.२ लाख १ हजार रुपैयाँको अक्षयकोष स्थापना गरीएको उपाध्यायले नवदृष्टिलाइ बताए ।

दुईभाई मिलेर लगानी गरि अक्षयकोष स्थापना गरेका छन । अक्षयकोषबाट आएको व्याज बाट बानपा–४ मा रहेको मुक्तिनाथ वेद विद्याश्रम आधारभुत विद्यालयका एकजना उत्कृष्ट विद्यार्थी र सुस्त मनस्थिती विद्यार्थीहरुले अध्ययन गर्दै आएको बागलुङ बिषेश बाल कक्षा आधारभुत विद्यालयमा उत्कृष्ट अंक ल्याउने एकजना छात्रालाई छात्राबृत्ति वितरण गरीने उल्लेख छ ।

उनिहरुका बाबु अध्यात्मीक चिन्तनमा रुची राख्ने भएकाले विद्याश्रमका विद्यार्थीलाई छात्रा बृत्ति वितरण गर्ने गरी कोष खडा गरीएको उनले बताए । यस्तै आमाको जिवनको उत्तरार्धमा शारीरीक समस्या भएकोले आमाको स्मृतिमा बागलुङ बिशेष बालकक्षाका छात्रालाई छात्रबृत्ति उपलब्ध गर्न अक्षयकोष बनाईएको परिवारीक श्रोतले जनाएको छ । यस्तो सामाजिक कार्यमा लगानि गरि दिर्घकालिन नाम र सेवा गर्नु सत्कर्म भएको सरोकारवालाहरु बताउँछन ।