नेकपा कुश्मानगर कमिटीको अध्यक्षमा युवा नेता शंकर गिरी

725
views

निर्मल पौडेल
पर्वत, १८ चैत । नेपाल कम्युनिष्ट पार्टी नेकपाको कुस्मा नगरलालिकाको अध्यक्षमा प्रखर युवा नेता शंकर गिरी सर्वसम्वत रुपमा चयन भएका छन् । आईतवार कुस्मामा सम्पन्न भेलाले गिरीको अध्यक्षतामा ८१ सदस्यिय नगर कमिटी गठन गरेको हो ।

युवाहरुका ढुकढुकी नयाँ भिजन र समाज परिवर्तनका योद्धा तत्कालिन माओवादी केन्द्रवाट कु.न.पा. मेयरका प्रत्यासी गिरीलाई भेलाले सर्वसम्मत रुपमा चयन गरेको हो । अध्यक्षमा सर्वसम्मत भएपछि भेलालाई सम्वोधन गर्दै गिरीले आँफूलाई सर्वसम्मत रुपमा अध्यक्ष जस्तो गरिमामय पदमा नियुक्त गर्नुभएकोमा सवैलाई हार्दिक धन्यवाद दिए । गिरीले पार्टिको निर्देशन अनुसार आफ्नो जिम्मेवारी पुरा गर्दै जनताको उन्नतिको हितमा र विकासको मार्गमा अहोरात्र खटिने वताए ।

त्यस्तै गिरीले यो समय विकासप्रेमी कम्युनिष्टहरुको भएको भन्दै नगर कमिटी लाई शसक्त वनाउँदै गैर कम्यिुनिष्ट हरुलाई पनि कम्युनिष्ट पार्टिमा गोलवद्ध गर्न प्रयत्न गर्ने जिकिर गरे । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको कमिटिमा साविकका दुवै पार्टीबाट सहमतिको आधारमा सदस्यहरु चयन गरिएको बताईएको छ ।

यसैगरि फलेवास र महाशिलामा पनि एकता टुिङ्गएको छ शनिवार महाशीलामा सम्पन्न भेलाले विष्णुराम विकको अध्यक्षतामा ७१ सदस्यीय कमिटि गठन गरेको छ । कमिटिको सचिबमा दुर्गा तमु रहनुभएको छ । जिल्लाका सात स्थानीय तह मध्ये यस अघि फलेवासमा कमिटि टुंगिईसकेको छ भने पैंयु, मोदी, विहादी र जलजलामा पनि छलफल चलिरहेको छ । भेलामा नेकपाका केन्द्रीय सदस्य गुप्त हमाल, प्रदेश तथा जिल्ला तहका नेताहरुको सहभागिता रहेको थियो । प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदी, मोती पौडेल, देवेन्द्रराज पाण्डे, भक्त कुँवर, पदमपाणी शर्मा, गगन थापा लगायतको सहभागितामा बसेको कार्यदलको बैठकले सर्वसम्मत रुपमा कमिटिको टुंगो लगाएको हो ।

यस अघि कुश्मामा सम्पन्न बैठकले जिल्लाका चार स्थानीय तहमा साविक एमाले र तीन स्थानीय तहमा साविक माओवादी केन्द्रको नेतृत्वमा कमिटि गठन गर्ने निर्णय गरेको थियो । जसमा फलेवास, महाशीला, पैंयु र मोदी साविक एमालेको भागमा र कुश्मा, जलजला र विहादी गाउँपालिका साविक माओवादीको भागमा परेको थियो ।