तोकिएको ठाउँमा कामगर्न कर्मचारीलाई निर्देशन

674
views

काठमाडौं । गृह मन्त्रालयले पदस्थापन भएका कर्मचारीलाई तोकिएको स्थानमा गएर काम गर्न निर्देशन दिएको छ । तोकिएको ठाउँमा गएर काम नगर्ने कर्मचारीलाई कार्वाही गर्ने चेतावनी दिदैं गृह मन्त्रालयले पदीय जिम्मेवारी र कर्तयलाई मनन गर्न चेतावनी दिएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट निर्णय भई समायोजनापछि मन्त्रालयअन्तर्गत पदस्थापन भएका कर्मचारीलाई कामकाजमा खटाइसकेको भएपनि कर्मचारी सम्बन्धित कार्यालयमा हाजिर हुन नगएको भन्दै मन्त्रालयले बिहीबार सूचना जारी गरी सचेत गराएको छ ।

‘तोकिएको ठाउँमा नगए प्रचलित कानूनअनुसार कारवाही भइजाने व्यहोरासमेत उक्त सूचनामार्फत अवगत गराइएको छ,’ मन्त्रालयको निजामती कर्मचारी प्रशासन शाखाद्वारा जारी सूचनामा उल्लेख छ ।