असिनाले पाँचलाख बराबरको तरकारी नष्ट

893
views

पर्वत । असिना पानीले पाँचलाख रुपैयाँ बराबरको तरकारी नष्ट गरेको छ । पर्वतको विहादी गाउँपालिकामा पर्ने गेप्ताङ र तलातुमका कृषकले लगाएको तरकारी असिनापानीले नष्ट गरेको प्रगतिशिल कृषि फार्मका निर्देशक रिखिराम भुसालले बताए ।

झण्डै एकघण्टा आएको असिना पानीले प्रगतिशिल कृषि फार्मले लगाएका विभिन्न जातका तरकारी र बीरुवाको नष्ट गरेको भुसालले बताए । उनले अन्य कृषकहरुको तरकारी समेत असिना पानीले नष्ट गरेको जानकारी दिए ।