खुल्ला भलिबलको उपाधी छन्त्याल सिद्धार्थ चस्मा घरलाई

926
views

सीताराम थापा
बाग्लुङ । गण्डकी प्रदेशको धौलागरीको मुटु चर्चित बागलुङ चैत्राष्टमी मेलाको अवसरमा सञ्चालित कालिका कप खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी छन्त्याल सिद्धार्थ चस्मा घर बागलुङले पाउन सफल भएको छ ।

आज भएको भएको फाइनल खेलमा नेपाली सेनाको २३ नम्बर बाहिनी अड्डालाई ३–० को सोझो सेटमा पराजित गर्दै छन्त्याल सिद्धार्थ चस्मा घरले उपाधी हात परेको हो । क्याप्टेन रेशम छन्त्यालको नेतृत्वमा टिम वर्क प्रणालि सहित उत्कृष्ट खेल प्रर्दशनीका कारण २३ नम्बर बाहिनी अड्डालाई पहउलो गेम २५–१९, दोश्रो २५–२२ र तेश्रो २५–१८ को सोझो सेटमा पराजित गरेको थियो ।

लगातर तेस्रो सेटमा छन्त्याल हाबि भएकोले फाईनल खेल फाईनल जस्तो प्रतपष्पर्धा नभएको आम दर्शकहरुले गुनासो रहेको थियो । नेपाली सेनालाई फाईनलसम्म ल्याउन सेनाको तर्फबाट उत्कृष्ट खेल पर्दशनि जैमिनिका ओमकार थापाले सेमीफाईनलमा खेल देखाएका थिए ।

त्यस्तै अनेरास्ववीयू बागलुङ र काठेखोला गाउँपालिकाबीच तेस्रो स्थानको लागि भएको खेलमा अनेरास्ववियूले जित तेश्रो उपाधि हात पारेको छ । अनेरास्ववियूले काठेखोलालाई ३–१ को सेटमा पराजित गर्यो ।

पहिलो सेटमा गुमाएको अनेरास्ववियूले लगातार दोस्रो, तेस्रो र चौथो सेटमा जित हात पार्दै तेस्रो स्थान प्राप्त गर्यो । अनेरास्ववीयूले २१–२५, २५–१९, २५–२३ र २५–१६ को सेटमा जित हात पारेको थियो ।

खेलमा नेपाली सेना २३ नम्बर बाहिनी अड्डा जैमिनी राङखानीका ओमकार थापा उत्कृष्ट खेलाडी घोषित भएर पाँच हजार नगद र प्रमाण पत्रका साथै काठेखोला गाउँपालिका अनुशासित टिम घोषित भएर पाँच हजार र प्रमाण पत्र पाएको भलिबल संयोजक किशोर थापाले जानकारी दिएका छन ।

कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङले अयोजना गरेको चैत्राष्टी मेलामा आयोजना गरिएको कालिका कप भलिबलको विजेता छन्त्याल सिद्धार्थ चस्मा घरले नगद १ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्यो भने उप–विजेतामा चित्त बुझाएको नेपाली सेनाको नम्बर २३ बाहिनी अ्डाले १ लाख १ हजार रुपैयाँ र तेस्रो भएको अनेरास्ववियू बागलुङले ५१ हजार रुपैयाँ र मेडलहरु प्राप्त गरेको छ ।