भारतमा आएको शक्तिशाली आँधीले ३९ जनाको मृत्यु

514
views

भारतका विभिन्न राज्यमा शक्तिशाली आँधीका कारण अहिलेसम्म ३९ जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन् ।

राजस्थानमा ९ तथा मध्य प्रदेशमा १३ सहित अहिलेसम्म ३९ जनाको मृत्यु भएको पुष्टि भएको जनाइएको छ । भारतका विभिन्न क्षेत्रमा आँधीका कारण विकासका पूर्वाधार क्षतिग्रस्त भएका छन् ।

भारतको मौसम विभागले बुधबार देशको कैयौं हिस्सामा शक्तिशाली आँधी आउने खतरा भएका कारण सतर्क रहन सुझाव दिएको छ । आँधीका कारण मानवीय क्षति भएसँगै प्रधानमन्त्री मोदीले दुख व्यक्त गरेका छन्। उनले मृतकहरु प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन । एजेन्सी