जलजला गाउँपालिकामा नेपाली काँग्रेस बिजयी

635
views

पर्वत, ४ जेठ । जलजला गाउँपालिकामा नेपाली काँग्रेसका यामबहादुर मल्ल तीन हजार सात सय २३ मत प्राप्त गरी बिजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी एमालेका लालबहादुर अधिकारीले तीन हजार ७८ मत प्राप्त गर्नुभएको हो । माओवादी केन्द्रका उम्मेदवार बाबुराम कार्कीले एक हजार नौ सय २१ मत मत प्राप्त गर्नुभएको थियो । उपाध्यक्षमा पनि नेपाली काँग्रेसका सिमा पुन बिजयी हुनुभएको छ ।
पुनले तीन हजार सात सय ८३ मत ल्याएर बिजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्दी एमालेका उम्मेदवार अनिता शर्माले तीन हजार छ सय ५७ र माओवादी केन्द्रका सिता मल्लले १५९४ मत प्राप्त गर्नुभएको थियो ।
जलजला गाउँपालिकामा वडा नम्बर २, ३, ४ र ८ काँग्रेस, ७ र ९ नेकपा माओबादी केन्द्र तथा १, ५, ६ नेकपा एमालेका वडा अध्यक्ष बिजयी भएका छन् । वडा नम्बर १ मा तुलसीराम रेग्मी, २ मा गोबिन्द खत्री, ३ मा देबिन्द्रबहादुर भण्डारी, ४ मा भिष्म मल्ल, ५ मा तिलक जिसी, ६ मा हमबहादुर फकामी, ७ मा टुंगनाथ आचार्य, ८ मा हरिविकास जिसी र ९ मा गौबहादुर पुन वडा अध्यक्षमा चुनिएका छन्