जनयुद्वकी सहयात्री नन्दकली गिरीको निधन

583
views

पर्वत । तात्कालिन जनयुद्वका नेता मोहन गिरी ‘दुःखी बा’ की धर्मपत्नी नन्दकली गिरीको ८४ बर्षको उमेरमा निधन भएको छ ।

मोदी गाउँपालिका–६ निवासी गिरीका एकछोरा चार छोरी छन् । जनयुद्वलाई उचाईमा पुरयाउन सहयोग गर्नुभएकी गिरी लामोसमय देखी दमको विरामी हुनुहुन्थ्यो । दमको उपचारका लागि उहाँलाई भरतपुर अस्पतालमा लगिएको थियो ।

उहाँका पति मोहन गिरीको केहीबर्ष अगाडी नै निधन भएको छ । जनयुद्वपूर्व पनि बामपन्थी राजनीतिसँगै जनयुद्व र नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन महत्वपूर्ण योगदान पुर्याएको परिवार रहेको समाजेवी नेता एवं नयाँशक्ति नेपाल पर्वतका अध्यक्ष महेन्द्रजंग लामिछानेले जानकारी दिनुभयो ।