विद्युतीय कारोबार ऐन विरुद्धको हिरो–स्वागत नेपाल

3176
views

काठमाडौ । समाचारले पक्राउ परेका पोखराका पत्रकार अर्जुन गिरीलाई साधारण तारेखमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएपछि विद्युतीय कारोबार ऐन आकर्षित नहुने नजिरको रुपमा स्थापित हुने आँकलन गर्न सकिन्छ ।

विद्युतीय कारोबार ऐन अन्तर्गत दायर भएको मुद्दामा थुनछेक आदेश गर्दै अदालतले उनलाई धरौटीबिना रिहा गर्न आदेश गरेको छ । सो मुद्दा पत्रकारको तर्फबाट अधिवक्ता स्वागत नेपालले निशुल्क बहस पैरवी गरेका थिए । यो मुद्दामा पत्रकार तथा चर्चित अधिबक्ता स्वागत नेपालले निःशुल्क बहस गरेका थिए ।

जब पत्रकार गिरी समाचार लेखेकै कारणले पक्राउमा परे र देशैभर पत्रकारहरु आन्दोलित भए यो प्रकरणले विद्युतीय कारोवार ऐन ४७ र ४८ लाई खारेज गर्नुपर्ने माग गरेको छ ।

गिरी पक्राउको विषयले नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको निर्णयमा देशभरी नै पत्रकारहरु आन्दोलित बने । यो आन्दोलनको मुख्य ध्येय विद्युतीय कारोबार ऐन दफा ४७ र ४८ खारेजको माग हो ।

यी दफाले पत्रकारले समेत सञ्चार माध्यममा लेखेको समाचारका आधारमा नै साईबर अपराधको रुपमा ब्याख्या गरेर धरपकड भइरहेको बेला यो फैसलाले उक्त ऐन खारेजका लागि मद्दत हुने विश्वास लिइएको छ ।

साइबर अपराध मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका गिरीलाई जिल्ला न्यायाधीश अम्बरराज पौडेलको एकल इजालसले तारेखमा रिहा गर्ने आदेश दिएको थियो । उनीविरुद्ध पोखराका व्यवसायी विपेन्द्रराज बतासले उजुरी दिएका थिए ।

ताण्डव साप्ताहिक तथा अनलाइनका सम्पादक समेत रहेका गिरीलाई बैसाख २ गते नियन्त्रणमा लिएको थियो । अदालतको आदेशपछि उनी रिहा भएका हुन् ।

मानवअधिकार र बलात्कारका केशमा कुनै पनि शुल्क नलिई पीडितलाई न्याय दिलाउने स्वागत नेपालको अभियान सबैका लागि सम्मान योग्य छ ।