कार्यकर्तामा निरासा–नेकपा केन्द्रिय सदस्य हमाल

843
views

पर्वत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जलजला गाउँपालिकाको आयोजनामा नयाँ वर्ष २०७६ सालको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ ।

कार्यक्रमलाई सम्वोधन गर्दै नेकपाका नेताहरुले मुलुक अब समृद्धिको युगमा प्रवेश गरिसकेको दाबी गरेका छन् । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य गुप्त हमालले पार्टी एकताको झण्डै एक वर्षसम्म प्रदेश, जिल्ला र स्थानीय तहका कमिटीहरुले पुर्णता नपाउँदा कार्यकर्ताहरुमा निरासा छाएको बताए ।

कार्यक्रममा सांसद पदम गिरीले अबको चारवर्ष भित्र पर्वतका सवै मुख्य सडकहरु कालोपत्रे भैसक्ने बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका संयोजक मनोहर बी पौडेल, नेकपाका प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदी, यज्ञ सुवेदी, जिल्ला संयन्त्र सदस्य गोविन्द पहाडी, दुर्गा दर्जी, शंकर गिरी, लालबहादुर अधिकारी, बाबुराम कार्कि, इश्वर गिरी, सोम जिसी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।