बाग्लुङमा जन्ती बोकेको बस दुर्घटना, ३ गम्भीर

772
views

सीताराम थापा
बाग्लुङ, ८, बैशाख । बाग्लुङमा जन्ती बोकेको ध १ ख ४६८ नम्बरको बस बस दुर्घटना हुँदा ३ जना गम्भिर घाईते बनेका छन् । दुर्घटनामा तीनजना सामान्य घाईते भएका छन् ।

काठेखोला गाउँपालिका ८ लेखानिबाट ताराखोला गाउँपालिका–१ माझखर्कमा फर्कने क्रममा बिहुँ ५ भ्युटावर नजिकै दुर्घटना भएको हो जिल्ला प्रहरी कार्यालय बाग्लुङ्गले जनाएको छ ।

घाइतेको उपचारका लागि जिल्ला अस्पताल बाग्लुङ ल्याइएको छ । ध१ख ४६८ नम्बरको बस सडकबाट केही तल खसेको हो ।