एमाले–माओवादी तालमेल नहुँदा एमालेको बटमलाईनमा झट्का

689
views

पर्वत, ४, जेठ । स्थानीय तहको निर्वाचनमा एमाले र माओवादी केद्रकाबीच तालमेलका बैठक तथा भेटघाट निकै चलेका थिए । अन्तत दुवै पार्टीको अहमताले चुनावी तालमेल हुन सकेन । जसको परिणाम दुवै दललाई प्रष्ट भएको छ । कुश्मा नगरपलिकामा दुवै पार्टी कमजोर थिए, मत परिणामले त्यसको पुष्टि समेत गरेको छ । कुश्मा नगरपालिका कब्जा गर्ने एमालेले पर्वतको मुख्य बटमलाईन थियो । यहि बटमलाईनका आधारमा एमालेले माओवादी केन्द्रसँग चुनावी तालमेलको प्रयास गरेको थियो । माओवादी केन्द्रले पनि एमालेसँगको चुनावी तालमेललाई मुख्य जोड दिदैं नगरपालिकामा बाहेक अन्य वडाहरुमा सम्मानजनक भए तालमेल गर्ने माओवादी प्रस्ताव थियो । तर एमालेले उपयाेगको नीति अवलम्बन गर्न थाल्यो, जसका कारण चुनावी तालमेल बन्न सकेन । एमालेले आफुलाई प्रयोग गर्ने चाल पाएपछि माओवादी केन्द्रले जिल्ला समन्वय समिति र २५ वटा वडाको प्रस्ताव अगाडी सार्यो । अहिले एमालेको कुश्मानगरपालिका विजयको बटमलाईन पराजयमा टुङ्गियको छ । कुश्मानगरपालिकाको मेयर र उपमेयरमा नेपाली काँग्रेस विजय भएको छ ।
चुनावी एकता हुनुपर्थ्यो–किशोर सापकोटा
स्थानीय तहको निर्वाचनको परिणामपछि केही बुद्धिजिवीहरुले यस्तो बताएका छन् । माओवादी केन्द्रका नेता कार्यकर्ताहरु उपयोग हुनका लागि तालमेलमा नजाने मनस्थिति बनाउनु स्वभाविक नै थियो । पर्वतमा एमाले, माओवादी केन्द्र लगायत बाम शक्तिहरुको तालमेल हुन सकेको भए गैह्रबामको पराजयसँगै बामपन्थी शक्तिको हावी हुने बाम विश्लेषक किसोर सापकोटाको विश्लेषण छ । सापकोटा भन्छन् ‘दुवै पार्टीका उम्मेदवारले प्राप्त गरेको मत परिणाम हेर्दा र साना बाम शक्तिहरुको मत केन्द्रित भएको अवस्थामा कुश्मा नगरपालिकामा गैर बामहरु पराजित हने अवस्था आउँथ्यो भन्ने प्रमाणित भएको छ ।’ तर दुवै पार्टीले अडान कसेपछि तालमेल त भएन जसको फाईदा गैह्र बामलाई पुगेको र दुवै पार्टीकाे बटमलाईन अनुसारको नतिजा प्राप्त नभएको सापकोटा बताउँछन् ।
‘डोका भन्दा आँखा ठूलो’ भयो एमाले नेता–पदम गिरी
तर, एमाले नेताहरु भने बटमलाईनमा नपुगेपनि स्थानीय तह पर्वतको परिणामलाइ सफल परिणाम भनेका छन् । एमाले पर्वतका अध्यक्ष पदम गिरी भन्छन् –‘‘डोका भन्दा आँखा ठूलो’ भएपछि माओवादीकेन्द्रसँगको तालमेलको वहस आर्दशमा परिणत भयो ।’’ गिरीले माओवादी केन्द्रले आफ्नो साईज भन्दा बढीको माग राखेकोले चुनावी तालमेल हुन नसकेको बताए । तालमेल नभएपनि पर्वतमा एमाले ठूलो पार्टी हो भन्ने प्रष्ट भएको उनको भनाई छ ।’ जहाँ सम्म कुश्मा नगरपालिकाको कुरा हो चुनावमा हारजित हुन्छ नै गिरीले भने ‘‘तालमेल भएको भए कुनपाको मेयर देखिका सबै वडाहरुमा कम्युनिष्टहरुको विजय हुनेरहेछ ’’
एमालेको बटमलाईनमा झट्का माओवादी नेता–शंकर गिरी
स्थानीय तहको निर्वाचनको मत परिणामपछि चुनावी तालेमल किन भएन भन्ने खुलासा गर्दै माओवादी केन्द्रका केन्द्रिय सदस्य शंकर गिरी भन्छन् ‘एमाले कुश्मा नगरपालिकाको मेयरको बटमलाईन बनाएर तालमेल गर्न आएको थियो, हामीले तालमेलको रणनीतिलाई स्विकार गर्यौं । तर, एमाले चुनावी एकताको नाराभित्र कुश्मानगरपालिकाको मेयर जित्ने बटमलाईनमा उपयोगको नीति ल्याएपछि एकता गर्न सकेनौं ।’ नेता गिरीले भने ‘‘एमाले–माओवादी केन्द्रको चुनावी एकता सबै ठाउँमा हुनुपर्ने माओवादीले सुझाएपछि एमाले माग र अडानबाट पछाडी हट्यो, जसले गर्दा तालमेल हुन सकेन ।’’ ‘यसको परिणाम हामी दुवैले त भोग्यौं तर कुनपा मेयरको मुख्य बटमलाईनमा एमालेको पराजय भयो ।’