विप्लव समुहलाई आतंककारी गतिविधि छाड्न गृहमन्त्रीको चेतावनी

823
views

विराटनग, १२, बैशाख । गृहमन्त्री रामबहादुर थापाले विप्लव समूहलाई आतङ्ककारी क्रियाकलाप छाडी वार्तामा आउनुको विकल्प नरहेको बताएका छन् । प्रदेश नं १ को सुरक्षा गोष्ठीमा सहभागी हुन विराटनगर आएका थापाले विप्लव समूहले जनतामा आतङ्क सिर्जना गर्नुका साथै हत्या हिंसा तथा निजी र सरकारी सम्पत्ति तोडफोड गरी विध्वंस मच्याएकोले सरकारले नछाड्ने चेतावनी दिए ।

शान्ति सुरक्षामा खलल पु¥याउने छुट कसैलाई पनि छैन गृहमन्त्री थापाले भने ‘आन्दोलनको नाममा जनताको अधिकार कुण्ठित गरी शान्ति सुरक्षामा अवरोध पु¥याउनेलाई सरकारले कानून बमोजिम कारवाही गर्छ ।’

गृहमन्त्री थापाले हिंसात्सक गतिविधि अन्त्य गर्नका लागि विप्लव समूहलाई राजनीतिक मूलधारमा ल्याउने प्रयास भइरहेको पनि जानकारी दिए ।

गृहमन्त्री थापाले वर्तमान सरकार जनताको सरकार भएको उल्लेख गर्दै राजनीतिक दल वा समूहको असहमतिलाई वार्ता र छलफल मार्फत समस्याको समाधान गर्ने प्रतिवद्धता जनाए ।

थापाले वर्तमान सरकार निर्माण भएको पहिलो वर्षलाई आधार वर्ष मानिएको बताउँदै यो वर्षलाई समृद्ध वर्षका रुपमा मनाउने हुँदा मुलुकभित्र द्रुतगतिमा आवश्यक पूर्वाधारहरु निर्माण गर्ने धारणा व्यक्त गरे ।

मङ्गलबारदेखि शुरु भएको सो दुई दिने सुरक्षा गोष्ठीमा यो प्रदेशअन्तर्गतका जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका उच्चपदस्थ पदाधिकारीको सहभागिता रहेको छ ।