एयर ईण्डियाको एउटा विमानमा आगालागी

693
views

नयाँदिल्ली १२, बैशाख । एयर ईण्डियाको एउटा विमानमा अचानक आगालागी भएको छ । दिल्लीबाट सान फ्रान्सिस्को उड्ने एयर इण्डियाको (बोईङ ७७७) विमानमा मर्मतको क्रममा बुधवार राती आगालागि भएको हो । उक्त दुर्घटना दिल्ली एयरपोर्टमा भएको हो ।

कोही पनि नभएको विमानको एयर कन्डिसनर मर्मतका क्रममा आगालागी भएको वताइएको छ । आगोलाई ततकाल नियन्त्रण गरेको भारतीय मिडियाले जनाएको छ ।

भारतीय समाचार एजेन्सी एएनआईलृे ४२ सेकोण्डको भिडियो शेयर गरेको छ । उक्त भिििडयोमा आगो निभाईरहेको देख्न सकिन्छ एयर ईन्डियाले यसलाई सामान्य दुर्घटनाको रुपमा वताएको छ ।